कमलपोखरीको शान्दार मःमः खान जाँदै हुनुहुन्छ, होसियार प्रहरी कारबाहीमा पर्नुहोला ?
काठमडौं।तपाइँ कमलपोखरीको शान्दार मःमः खान जाँदै हुनुहुन्छ होसियार ट्राफिक प्रहरीको कारबाहीमा पर्नु होला ? दैनिक जस्तो मःमः पारखिहरूको भिड लाग्ने शान्दार म.म. पसलका साउजीले प्रहरीलाइ नजरना बुझाएर पार्किङ गर्ने गरेको खुलासा भएको छ।
अबदेखि त्यो मःमः बनाउने ठाउँ अगाडीको सडकमा सवारीसाधन पार्किङ गर्न नपाउने ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक(सइ ) शरण थापाले जानकारी दिएका छन्।
पहिले के थियो! कस्तो थियो! मलाइ थाहा छैन तर आजदेखि म आएको छु। त्यस्तो केही भेटिए तुरून्त कारबही गर्छु थापले भने। तर प्रहरीसँग शान्दार म.म.का साउजीले सेटिङ मिलाउने गरेको स्थानीयले आरोप लगाएका छन्।
स्थानीयले भने एकपटक कमलपोखरीमा रहेको शान्दार म.म. पसलका साउजीलाइ पार्किङको व्यवस्थापन अन्तकतै गर्न आग्रह गरेपनि प्रहरीको मिलेमोतोमा अटेरि गरेको बाएका छन्।
सडकमा बिहान करिब ८ बजेदेखि बेलुका ७ बजेसम्म शान्दार मःम को अगाडि रहेको सडकमा सवारीसाधानहरू खचाखच पार्किङ गरेर राखेको देखिन्छ। दिनभरमा करिब सयौं सवारिसाधन पार्किङ नै बनाएर सडकमा राखेको देखिन्छ। उक्त सडकमा सवारीसाधन जाम भएको ट्राफिक प्रहरीले कहिले पनि देख्दैन।
किन भने ट्राफिक प्रहरी नै म.म.का साहुजीसँग मिलेर कमाउधन्दामा लागेको कमलपोखरीका स्थानीय बासिन्दाहरुले बताउने गरेका छन्।
कमलपोखरीको शानदार म.म. पसल अगाडी अनियन्त्रित रुपमा सडकमा सवारीसाधन पार्किङ गरेर राखेको जो कोहीले सजिलै देख्न सकिन्छ।
म.म. पसलका साहुजीलाइ यहाँ बाइक पार्किङ गर्न प्रहरीले दिन्छ त भन्ने हाम्रो जिज्ञासामा मःम पसलका साहुजिले भने ट्राफिक प्रहरीलाई मिलाएका छौं। तपाइहरू ढुक्कका साथ पार्किङमा राखेर आन्नदले म.म. खानुहोस् उनको सहजै आउने जवाफ त्यस्तो थियो।
उनको त्यो बोलिले स्पष्ट के हुन्छ भने ट्राफिक प्रहरीलाइ नजरना बुझाएको स्पष्ट बुझिन्छ। हामीले फेरि म.म. पसलका कर्मचारीलाइ भाइ बाहिर सडकमा बाइक पार्किङ गर्दा हुन्छ। भन्ने जिज्ञासा राख्दा उनले ठट्यौली पारामा भने ट्राफिक सरहरु आँउछन मःम का डल्ला हसुर्छन् पैसा नतिरी जान्छन्। अनि बाइक राख्दा के हुन्छ त।
अब प्रष्ट हुन्छकि शान्दार मःम र कमलपोखरी ट्राफिक प्रहरीको सम्बन्ध के छ? ट्राफिक प्रहरीले भन्छ शान्दार म.म. पसल अगाडि कुनै पनि सवारी पार्किङ नहुने पार्किङ गरिएको भेटिएमा कारबाही गर्ने बताउदै आएको छ।
यसरी शानदार म.म. पसल अगाडि जथाभावी सवारी पार्किङका कारण कमलपोखरिमा बिरामी बोकेका एम्बुलेन्सलाइ चर्को साइरन बजाएर जाम हटाउनु पर्छ भने पैदल यात्रीलाइ समेत हिड्न असजिलो भएकाे सहजै देख्न सकिन्छ।
बिगत लामो समयदेखि शान्दार म.म.का साहुजीले सडकलाइ आफ्नै आँँगनको रुपमा प्रयोग गर्दै आएका छन्। नियमन गर्ने निकायको ध्यान जाहोस्।
मानिसहरु म.म.खान विशेषगरी कमलपोखरीको शान्दार म.म. सेन्टरमा आएको पाइन्छ। तर कमलपोखरीमा रहेको शान्दार मःमः सेन्टरमा न राम्रो पार्किङको व्यवस्था छ,न म.म. नै स्वस्थ मासुबाट बन्छ लापरबाही गरेर मान्छेको स्वास्थ्य माथि नै शान्दार म.म.का साउजीले खेलवाड गरेको पाइएको छ। सम्बन्धि नियमन गर्ने निकायकाे ध्यान जान जरूरी रहेकाे देखिन्छ।
याे पनि पढ्नु हाेस्
कमलपोखरीको शान्दार म.म. खादै हुन्छ होसियार,उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड,यस्तो छ नालीबेली