काठमाडौं महानगर र ई: का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन
काठमाडौं। काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईस् का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन बनेको छ। फुटपाथ व्यापारीहरूले यथास्थानमा समय नतोकेर व्यापार गर्न पाउनुपर्ने बताएपछि वार्ता निष्कर्षविहीन बनेको हो।
बैठकमा सहभागी एकजनाका अनुसार महानगर तत्कालका लागि निश्चित ठाउँ र समय तोकेर व्यापार गर्न दिन सकिने विषयमा छलफल गर्न सकिने बताएको थियो।
ईः आठ दिनदेखि काठमाडौं महानगरपालिकाको गेटमा उभिरहेका छन्। उनको पक्षमा समर्थन बढ्दै गएपछि महानगर वार्ताका लागि तयार भएको हो।
वार्तामा ई: अधिवक्ताद्वय सन्जय अधिकारी र प्रज्वला कार्की तथा फुटपाथ व्यापारीहरूका तर्फबाट सुजन गिरी, विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण, सहरी पूर्वाधार विज्ञ राज महर्जन सहभागी भएका थिए।
महानगरका तर्फबाट दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यलगायत थिए।