६० किलो सुन प्रकरण: २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं। काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले शुक्रबार उनीहरुलाई थुनामा पठाउने आदेश दिएको हो।

धरौटमा छाड्ने आदेश भएकी भन्सार एजेन्ट रूक्मिना सुब्बासँग पाँच लाख धरौटी माग गरिएको छ। अन्यलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

यस प्रकरणमा नेपाल प्रहरीको सीआइबीले २६ जनालाई पक्राउ गरी अदालतमा मुद्दा पेस गरेको थियो। अदालतको आदेशसँगै उनीहरु सवैलाई आज जेल चलान गरिएको छ।