३ महिनापछि तरूण दलका केन्द्रीय सदस्यहरूले लिए शपथ
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलका केन्द्रीय सदस्यले मनोनित भएको तिन महिना पछि सपथ लिएका छन्।
असार १३ गते केन्द्रीय समितिलाई विस्तार गरिएको थियो। विस्तारित केन्द्रीय समितिका सदस्यले आइतबार सपथ लिएका हुन्। कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सपथ कार्यक्रममा सभापति शेरबहादुर देउवा भने उपस्थित भएनन्।
सभापति देउवा स्वास्थ्य समस्याका कारणले उपस्थित हुन नसकेको बताइएको छ। तरुण दलका अध्यक्ष विद्धान गुरुङले मनोनित सदस्यलाई सपथ गराएका हुन्।
सभापति शेर बहादुर देउवाले असारमा ४०१ को तरुण दलको केन्द्रीय समिति बनाएका थिए। २०७८ चैत ९ मा गुरुङ अध्यक्ष बनेका थिए।