प्रतिनिधिसभा बैठक १६ दिन स्थगित

काठमाडौं। संघीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगन भएको छ।

आज बसेको प्रतिनिधिसभा बैठकपश्चात् सभामुख देवराज घिमिरेले १६ दिनका लागि बैठक स्थगन भएको जानकारी दिए। संसद्को अर्को बैठक कार्तिक १२ गते दिउँसो १ बजेका लागि बोलाएका छन्।