सुन तस्करीको आरोप लागेका राहुल महरा पुर्पक्षका लागि थुनामा

काठमाडौं। जिल्ला अदालत काठमाडौंले सुन तस्करीको आरोपमा पक्राउ परेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।

थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले बताए।

न्यायाधीश डण्डपाणि शर्माको इजलासले घटनामा उनी संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै थुनामा पठाउनुपर्ने आदेश गरेको हो।

महरा लगायत ४ जनामाथि आपराधिक विश्वासघात,भन्सार चोरी तथा संगठीत अपराध सम्बन्धी कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलेको थियो।

विद्युतीय चुरोट९भेप०भित्र सुन लुकाएर ल्याउने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले राहुल लगायतमाथि अनुसन्धान गरेको थियो। राहुल पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन्।