नेपाली कलाकारको अभिनयमा परिमार्जन आवश्यक: अध्यक्ष ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली चलचित्र उद्योगमा अभिनयमा केही परिमार्जन आवश्यक रहेको बताएका छन्। सोमबार ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको सुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले अभिनय र यथार्थमा भिन्नता देखिन नहुने बताए।
अभिनयमा अलिकति परिमार्जन आवश्यक छ भन्ने मलाई लाग्छ। अन्यत्रको कलाको जुन दुरुस्तता छ। हाम्रोमा यथार्थ कलाको प्रस्तुतिमा अलि भिन्नता छ कि जस्तो देखिन्छ,उनले भने,ठ्याक्कै उस्तै, मान्छे त्यसमै हराउने गरी अभिनय गर्नु पर्छ।
उनले अरुको नक्कल गर्न नहुनेमा जोड दिए। अरूको सिनेमा हेर्ने अरुकै कला मन पराउने प्रवृत्ति रहेको भन्दै ओलीले यो बानी परिवर्तन गर्नु पर्ने उनको धारणा छ।
आफूलाई नेपालीजस्तो अरु कुनै पनि देशका गीतसंगीत मन नपर्ने भन्दै कलाको क्षेत्रमा नेपाल अग्रस्थानमा रहको उनले बताए। नेपाल जनसंख्याका हिसाबले सानो देश भएकाले सधैँ संघर्ष गर्नु परेको भन्दै उनी भन्छन्,भारतमा, चीनमा एउटा गीत हिट भयो भने त्यसले जिन्दगीभरलाई पुग्छ। तर, यहाँ त्यस्तो छैन।