कांग्रेसले फागुन १ लाई जनयुद्ध दिवस मान्दैन: महामन्त्री थापा

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले  फागुन १ लाई जनयुद्ध दिवस नमान्ने बताएका छन्। उनले जनयुद्ध दिवस कांग्रेसलाई मान्ने नहुने बताए। फागुन १ गते जनयुद्ध दिवसका रुपमा कांग्रेस मान्दैन। त्यो माओवादी पार्टीको कुरा हो। हामी मान्दैनौँ।

अहिले विश्व नै पपुलिजम रोगका रुपमा देखिएको बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौँद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम उनले भने,अहिले विश्वमा पपुलिजको रोग छ। यो रोग विरुद्ध प्रेसका साथीहरू उभिनुपर्छ। प्रेसका समस्यामा हामी गम्भीर भएर लाग्छौँ।

पार्टीभित्रको समस्या र अन्यायबारे आगामी महासमिति बैठकमा गम्भीर छलफल हुने उनको भनाइ छ। सरकारै सरकारमा रहेको पार्टीका नेता कार्यकर्तालाई ८४ मा हारिन्छ भनेर किन चिन्ताभन्दै उनले प्रश्न गरे।

 चुनावअघि गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाब गलत भएको भन्दै महासमिति बैठकले यसबारे धारण बनाउनुपर्ने महामन्त्री थापाले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम आफूले र नराम्रो काम कांग्रेस गरेको आरोप लगाएको उनको भनाइ छ। प्रधानमन्त्रीले राम्रो जति मेरो,नराम्रो जति कांग्रेसको भन्नुहुन्छ।

मन्त्रीहरुले कांग्रेसका कारण काम गर्न सकिन भनेर समाचार लेखाएका छन्। त्यसैले मैले निश्चित समय तोकेर सरकार कसले चलाउने टुंगो लगाउनुपर्छ।