खसी र च्याङ्ग्राको मूल्य घट्यो

फाइल तस्वीर

काठमाडौं। सरकारले जिउँदो खसी र च्याङ्ग्राको मूल्य घटाएको छ। सररकाले आजदेखि लागू हुने गरि जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँले घटाएको हो।

अब जिउँदो खसीको मूल्य प्रति किलो ६ सय ५० रुपैयाँ र च्याङग्रा प्रतिकिलो १२२५ रुपैयाँ प्रति किलो कायम गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।