राष्ट्रिय सभा बैठक मंगलबार बस्ने
काठमाडौं। राष्ट्रिय सभाको बैठक मंगलबारका लागि बोलाइको छ। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना निकालेर राष्ट्रिय सभाको बैठक कातिक १४ गते मंगलबार अपारान्ह चार बजेर ४६ मिनेटमा बस्ने जानकारी गराएका छन्।
यसअघि असोज ३० गते बस्ने तय भएको बैठक २९ गते स्थगित भएको थियो। स्थगित भएपछिको बैठक कातिक १४ गते बस्ने गरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले तय गरेसँगै सूचना जारी भएको हो।