वैदेशिक रोजगारीको नाममा भरत गरीले गरे यूएईमा नेपली महिलामाथि यौन शोषण,पिडीतले दिइन् प्रहरीमा उजुरी

काठमाडाैं। यूएईमा वैदेशिक रोजगारीकाे नाममा भरत गिरीले नेपाली महिलाहरूलाइ राेजगारीकाे नाममा याैन धन्दामा लगाएर शोषण गर्ने गरेकाे खुलासका भएकाे छ। भरत गिरीले पैसा कमाउन आफ्नै नेपाली चेलीबेटीलाइ कतिसम्म कुकर्म गरेका रहेछन् भन्ने छताछुल भएकाे छ। 

 नेपालकाे भक्तपुर घर भई हाल युनाइटेड अरव ईमीरेट्स (यूएई) मा बस्ने भरत गिरीको व्यवहारले नेपाली महिलाहरू आजित भएका छन्।  

यूएईको स्थायी बसोबास अनूमति लिइसकेका गिरी पछिल्लो समय दुवईमा कामदार सप्लाई गर्ने कम्पनी सञ्चालन गरेर बसेका छन्। यूएईमा

वैद्यानिक दर्ता अनूमति प्राप्त उनको अभारिका गिरी टेक्नीकल एण्ड क्लियरिड्ग सर्भिस्ले खासगरी महिला कामदारको बारेमा धन्दा गर्ने गरेकाे पडितहरूले बताउने गरेका छन्। विभिन्न प्रलोभन र दबाबमा पारेर महिला कामदारलाई पनि अनैतिक धन्दामा संलग्न हुन बाध्य पार्ने गरेको पिडीत महिलाहरूले गुनासो गर्ने गरेका छन्।

आफूलाई जिल्ला मकवानपुर घर भई चुरियामाई २ कि संगिता नामकी युवतीलाई दुवईमा आफ्नो कम्पनीमा काम दिने भनेर मासिक २ हजार दिरामको प्रलोभनमा पारेर मोटो रकम असुल गरेका भरत गिरीले अन्ततस् आफ्नो कम्पनीमा आउने ग्राहकलाई खुसी पार्नु पर्ने भन्दै यौन धन्दा गराउन बाध्य पारेपछि उनले त्यो कम्पनी नै छाडेर नेपाल फर्केकी छिन्।

संगिताले अभारिका गिरी टेक्नीकल एण्ड क्लियरिड्ग कम्पनी सञ्चालन गरी बसेका भरत गिरीको बास्तविक धन्दा उजागर गर्दै कारवाहीका लागि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी निवेदन समेत दर्ता गराएकी छिन्।

उजुरी निवेदनमा आफूले काम पाउनका लागि बुझाएको रकम, केही समय काम गरेको पारिश्रमिक र भोग्नु परेको मानसिक एवम् शारिरीक पिडाको क्षतीपूर्ति पनि माग गरेकी छिन्।

उनै संगिताका अनुसार दुवईमा भरत गिरीको कम्पनीमा काम गर्ने अरु धेरै नेपाली महिला कामदार यस्तै यस्तै पिडामा छन्। चन्द्रनिगाहापुरकी रिता खड्का त विगत लामो समयदेखि आफैँ बन्धक जस्तो अवस्थामा पुगेकी छन्।

भरत गिरीले नै पारिश्रमिक र काम पनि फेरिदिने र भिसाको म्याद बढाइदिने भन्दै झुक्यानमा पारेर त्यहाँ अवैध जस्तै अवस्थामा पुगेपछि रिता आफैं बन्धक जिवन विताउन बाध्य छन्।

मोटो रकम खर्चेर दुवई गएकी उनी रित्तो हात चाहेर पनि नेपाल आउन नसक्ने भएकाले लुकिछिपी भए पनि नयाँ कामको खोजीमा रहेको संगिताले जानकारी गराईन्।

उनी भन्दै थिइन्,तपाईंले त्यहाँ भरत गिरीकै कारण रिताले खेप्दै आएको दुस्खरकष्ट सुन्न चाहानुहुन्छ भने उनैलाई भिडीयो कल गरिदिन्छु । उनीबाटै सुन्नुस् भरत गिरीको धन्दा के हो ?

भक्तपुरको वागेश्वरी घर भएका भरत गिरी दुवईमा बसेता पनि उनकी श्रीमती अञ्जली विष्ट भने पशुपति क्षेत्र नजिकै गौरीघाट बस्छीन्, उनी त्यसै क्षेत्रको एक नीजि स्कुलमा समेत अध्यापन कार्यमा संलग्न रहेको बताइन्छ। भाई शालिकराम जो मेनपावर व्यवसायी पनि हुन्, उनी समेत त्यही घरमा बस्छन्।

नेपाल आउँदा जाँदा भरत गिरी त्यही घरमा बस्छन्, तर अचम्म १ श्रीमती अञ्जलीले श्रीमान भरतका बारेमा जानकारी माग्न खोज्यो भने डिभोर्स भैसकेको बताउँछिन् भने भाई शालिकराम आफ्नो र दाजु बीच कुनै सम्वन्ध नरहेको बताएर उम्कन खोज्छन्।

यूएईमा रोजगारी मिलाइदिने भन्दै भरत गिरीले थुप्रै नेपाली चेलीमाथि श्रम शोषण गरेका, उनीहरुबाट मोटो रकम असुल गरिएको गुनासो सार्वजनिक भइरहेका बेला उसले वैदेशिक रोजगारीमा गएका महिलालाई ग्राहक खुसी पार्न भन्दै यौन धन्दा गर्न बाध्य पारेको विषयले यतीबेला उनीमाथि मानव बेचविखन सन्दर्भमा पनि अनुसन्धान गर्नु पर्ने अवस्था उत्पन्न भएको छ।

यीनै सन्दर्भमा भरत गिरीको मोवाइलमा सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् भने भाई शालिकरामलाई दाई भरतको बारेमा संगिताले गरेको उजुरी उपर केही सोधपुछ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले डाकिरहेको जानकारीमा आएको छ।