सर्वोच्च अदालतद्वारा रिगललाई पक्राउ गर्न आदेश
काठमाडौं। योगराज ढकाल (रिगल)लाई पक्राउ गर्न आदेश दिएको छ ।सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो।
नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो।
वि.सं २०७२ साल असार २८ गते नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगल जेलमा रहेका थिए। तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले उनको कैद मिनाहा गरेका थिए।
चेतनकी श्रीमती भारती मानन्धरले कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।