भूकम्प प्रभावित क्षेत्रमा १९७ जना सशस्त्र प्रहरी परिचालन
काठमाडौं। जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
कर्णाली र लुम्बिनी प्रदेशका युनिटहरूबाट १९७ जनालाई परिचालन गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए।
जाजरकोटमा उद्धारको नेतृत्व सशस्त्र प्रहरी बलका डिएसपी विकाश थापाले गरेका छन् । जाजरकोटमा परिचालित गुल्मको टिमलाई सहयोग गर्न नम्बर–३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक कवीन्द्र खड्काको कमान्डमा ३५ जनाको टोली परिचालन गरिएको छ।
नम्बर–६ महेश्वरी बाहिनी सुर्खेतबाट डा. निश्चल घिमिरेको नेतृत्वमा ४ जनाको मेडिकल टिम जाजरकोटमा परिचालन गरिएको छ। दाङस्थित २९ नम्बर गणबाट इन्स्पेक्टरको कमान्डमा २१ जनाको टिम पश्चिम रुकुममा परिचालन गरिएको छ।
पूर्वी रुकुम स्थित आश्रित गुल्मबाट ११ जनाको टोलीलाई पश्चिम रुकुममा उद्धारका लागी परिचालन गरिएको सह–प्रवक्ता थापाले जानकारी दिए। बाँके स्थित नम्बर–४२ रिजर्भ गणबाट इन्स्पेक्टरको कमान्डमा २५ जनाको टोली जाजरकोटमा परिचालन गरिएको छ।
एपिएफ अस्पतालका चिकित्सक ९डिएसपी० डा रोशन पराजुलीको कमान्डमा १७ जनाको मेडिकल टिम टिम घटनास्थलमा पुगेका छन्।