भूकम्प पीडितलाई बागमती प्रदेश सरकारले एक करोड ५० लाख दिने (हेर्नुहोस् विज्ञप्ति)
काठमाडौं। बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो।
यस विपद् घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकार सँगसँगै रहने भन्दै भूकम्पबाट ज्यान गुमाएका व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकाकुल परिवार र आफन्तजनहरुमा गहिरो संवेदन प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्ति मार्फत गरेको छ।
हेर्नुहोस् विज्ञप्ति