आर्थिक विज्ञसहितको सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यामान राजनीति–आर्थिक सङ्कट तथा भूकम्पपछि कर्णाली प्रदेशको पुनर्निर्माण सम्बन्धमा सर्वदलीय बैठक बोलाउने भएका छन्।
मंगलबार १२ बुँदे पक्षधर दलहरू बैठक बोलाएका प्रधानमन्त्री प्रचण्डले आर्थिक सङ्कटको अवस्थाबारे जनतासमक्ष यथार्थ चित्रण सार्वजनिक गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले आर्थिक सङ्कट समाधान र राष्ट्रिय सङ्कल्प जारी गर्ने गरी प्रधानमन्त्रीले विज्ञसहितको सर्वदलीय बैठक बोलाउन लागेको बताइन्।