कारगारबाट छुटेकै दिन बस्यालले गरे ६२ वर्षिय महिलाको घाँटी थिची हत्या

काठमाडौं। धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गोलाङ्गमा केहीदिन अघि भएको हत्याकाण्डको पर्दा खुलेको छ। हत्यामा संलग्नहरु पक्राउ परेसँगै नयाँ तथ्य फेला परेको छ।

जेलबाट निस्केकै दिन एक व्यक्तिले ६२ वर्षिय मन कुमारी सर्किनीको हत्या गरेको खुलाशा भएको छ । गत मंसिर १५ गते गते विहान अन्दाजी साढे ९ बजे मन कुमारी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्।

घटना रहस्यमयी भएको भन्दै पीडित परिवारले अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएका थिए। घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक महिलाको शवको प्रकृती हेर्दा मृतकको अनुहारमा कोतरिएको, घाँटीमा डामहरु देखिएको घटनास्थलमा चुराको फुटेको टुक्रा र पोतेको दानाहरु छरप्रष्ट अवस्थामा रहेको देखिएको थियो।

शवको प्रकृति हेर्दा महिलाको कर्तव्य गरि हत्या गरेको अनसन्धानमा खुलेको थियो । मृत महिलालाई कर्तव्य गरी मारेको भन्ने प्रारम्भिक अनुसन्धाबाट देखिँएको ।

प्रहरी अनुसन्धानमा खुले अनुसार मृतक महिलालाई त्रिपुरासुन्दरी गाउँपालिका वडा नं–६ गोलाङ वस्ने अन्दाजी ४० वर्षिय शिव वहादुर वस्यालले एक दिन अघि रातको समयमा ती घाँटी थिचेर हत्या गरेका थिए।

उनलाई प्रहरीले गोलाङ्गमै गोरेटो बाटोमा लुकिछिपी वसेको अवस्थामा फेला पारेको हो। घटनाबारे अभियुक्तले बयानमा अभियोग स्विकार गरेका छन्।

उनले दिएको बयान अनुसार उनलाई स्थानिय ५४ वर्षिय टोप बहादुर सार्की र ५० वर्षिय सुनिल नेपालीले आदेश दिएको बयानमा खुलाएका छन्।

पक्राउ परेका शिव बहादुर बस्याल यसअघि पनि जबरजस्ती करणी उद्योग, चोरी लगायतको फौजदारी कसूरहरुमा पटक÷पटक सजाय पाएको व्यक्ति रहेका अभिलेखबाट देखिएको छ।

२०८० मंसिर १४ गते नै जिल्ला कारागार धादिङ्गबाट उनी चोरी मुद्दामा २० महिना सजाय भुक्तान गरि रिहा भएका थिए। सोही दिन उनले ती महिलालाई घाँटी थिचेर हत्या गरेका थिए।

पक्राउ परेका सार्की र नेपालीले बस्याललाई आर्थिक प्रलोभन देखाएर हत्याका लागि प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरु तीनै जनालाई जिल्ला अदालत धादिङ्गले थप अनुसन्धानका लागि म्याद थप गरेको छ।