सुन तस्करी प्रकरणः बयानका लागि महरालाई सिंहदरबार लगिँदै
काठमाडौं। सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिले राहुल महरालाई बयानका लागि बोलाएको छ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएपछि १३ भदौमा पक्राउ परेका राहुल अहिले पुर्पक्षका लागि थुनामा छन्।
उनलाई बयानका लागि मंगलबार उपस्थित गराइदिन भन्दै छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको हो। उनलाई केहीबेरमा सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराइने स्रोतले बतायो।