रकम हिनामिना गर्ने श्रीमाई सहकारीका तत्कालिन अध्यक्ष रामभक्त निकालिए,बचतकर्ताहरुको रकम खतरामा

ललितपुर। पछिल्लो समय आर्थिक मन्दीका कारण सहकारीहरु धमाधम धराशाही भइररहे पनि आर्थिक कारोबार सहजै रुपमा गरिरहेको श्रीमाई बज्रबाराही बचत तथा ऋण सहकारी संस्था अहिले तत्कालिन अध्यक्ष रामभक्त महर्जनका कारण धराशाही बन्ने पक्का भएकाे छ। 

गोदावरी नगरपालिका वडा नं.११ स्थित श्रीमाई बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाका तत्कालिन अध्यक्ष महर्जनको आर्थिक अपचलनका कारण धराशाही बन्ने अवस्थामा पुगेको हाे। 

सो सहकारीका तत्कालिन अध्यक्ष महर्जनको आर्थिक अपचलनका कारण सहकारी नै धराशाही हुने अवस्थामा पुगेपछि सहकारीका संचालकहरुको बहुमतले पारित गरी अध्यक्ष महर्जनलाई गलहत्याएको बुझिएको छ।

अध्यक्ष महर्जनले सहकारीको रकम अपचलन गरी आफ्नो नाममा सहकारीकै अगाडि मुख्य सडकमा विशाल महल बनाउनुका साथै, एम¥याल्ड स्कुलमा लगानी,आफ्नो नाममा ललितपुरको विभिन्न ठाउँमा जग्गा खरिद गरी सहकारीलाई डुबाउने काम गरेको निक्षेपकर्ताहरुले बताउने गरेका छन्।

अध्यक्ष महर्जनको यस्तो गतिविधिबाट सहकारी डुब्ने खतरा बढेपछि बहुमत संचालक समितिका सदस्यहरुले महर्जनलाई अध्यक्षबाट हटाई नयाँ अध्यक्ष बनाएको स्रोतले बताएको छ।

अध्यक्ष महर्जनले आफ्नो सहकारीको रकम धापाखेलको जग्गामा लगानी गरी सो जग्गा धितो वापत जावलाखेलमा रहेको महिमा बहुउद्देश्यीय सहकारी संस्था लि.मा राखी करोडौं रुपैयाँ ऋण लिए पछि तिर्ने बेलामा प्रहरी प्रशासनलाई समेत गुमराहमा राखी महिमा सहकारीलाई नै ठूलो घाटामा पार्ने काम गरेको महिमा सहकारीका एक संचालकले बताए।

विवादित छविका रामभक्त महर्जन नेपाली कांग्रेस क्षेत्र नं.१ ‘ख’ का सचिव समेत रहेको र आगामी स्थानीय निर्वाचनमा आफूलाई मेयरको दावी गर्दै हिँड्ने गरेका छन् भने उता सहकारीका बचतकर्ताहरुले आफूले जम्मा गरेको रकम नपाए पछि महर्जन विरुद्ध धारे हात लाउन थालेको बुझिएको छ।