सेनापतिको आक्रोश: नेपाल आर्मी न्वारान गर्ने संस्था होइन
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको रेकर्ड सिस्टममा कुनै त्रुटि नरहेको दावी गरेका छन्। भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी रथीमा बढुवा गर्न लागेका बेला उमेर विवादमा परेपछि राजीनामा दिएका ताराध्वज पाण्डेको जन्ममितिमा पनि कुनै त्रुटि नभएको उनले बताए।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सेनापति शर्माले नेपाली सेनालाई कमजोर बनाउन गिरोह लागेको बताए।
सेनापति शर्माका अनुसार अरु निकायमा जस्तै सेनामा पनि जागिर खाने क्रममा उमेर प्रमाणित गर्न एसएलसीको प्रमाणपत्र, नागरिकता र क्यारेक्टर सर्टिफिकेटलाई हेर्ने गरिएको छ। उनी कड्किए, ‘सम्बन्धित निकायले नलिई नेपाल आर्मीले न्वारान गर्दैन। नेपाल आर्मी न्वारान गर्ने संस्था होइन।
अहिले बढुवा सिफारिस गर्नुअघि पनि त्यही तीन कागजमा भएको उमेर पुनः परीक्षण गरिएको थियो। पाण्डेको नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयमा दुई पटक चिठ्ठी लेखेर सोधेको भन्दै उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले पूरै ठिक छ भनेर पठाएको छ।
सबैतिरबाट ठीक छ भनेर आएपछि पनि नेपाली सेनामा भर्ना हुने क्रममा लेखेको फारमसँग पनि भिडाएर हेरेको उनले सुनाए।
तर कलेजको रजिस्टरको एउटा अंशलाई देखाएर उमेर विवाद उछालेको उनको दावी छ । २०७६ सालदेखि कसैले उपलब्ध गराएको अधुरो कागज देखाएर विवाद सिर्जना गरेको भन्दै सेनापति शर्माले भने, ‘पछाडिसम्म भएको संशोधित मिति समेत भएको कोसित छ रु त्यो देखाउन म च्यालेन्ज गर्छु ।’
त्यसो भए सेनापतिको रोलक्रममा ल्याउने गरी रथीमा बढुवा हुन लागेका बेला उपरथी पाण्डेले किन राजीनामा दिए त रु
प्रधानसेनापति शर्माका अनुसार नेपाली सेनामा व्यक्तिगत गुण, बोली, कार्यसम्पादन, नेतृत्व क्षमता, पेशागत क्षमता, कार्यकुशलता हेरिन्छ । हरेक वर्ष मेडिकल जाँच हुन्छ । त्यो सबै मिलेमा मात्र प्रमोसन हुन्छ ।
‘सोल्टी होटलमा जाँड खाएर झगडा गरेको थियो कि रु त्यो पनि हेरिन्छ । माननीयज्यूहरुसँग झगडा गरेको छ कि रु आफ्नै सिपाहीसँग राम्रो व्यवहार गरेको छ कि छैन हेरिन्छ, उनले भने, ‘त्यसै ९बढुवा सिफारिस० गर्दैनौं ।
उनका अनुसार उपरथी पाण्डेलाई बोलाएर यस्तो विवादित भएपछि भोलि चिफ भएपछि कसरी चलाउन सक्छौ भनेर सोधेका थिए।
त्यसक्रममा यस्तो विवादित रहेर बस्दिनँ भनेर उनले राजीनामा दिएका हुन् । ‘मैले रातभरि राखेको होइन, आधा घण्टा राखेर यस्तो विवादित भएपछि भोलि चिफ भएपछि कसरी चलाउन सक्छौ भन्दा तपाईं मेरो बाबु जस्तो मान्छे, मैले सक्दिनँ। यस्तो विवादित रहेर बस्दिनँ, छोड्छु भनेर गएको हो। यसमा कुनै अन्यथा छैन’ शर्माले भने।