रुसी सेनामा कार्यरत ७ जना नेपालीको मृत्यु
काठमाडौं । रुसी सेनामा कार्यरत ७ जना नेपालीको मृत्यु भएको छ।हिजो ९बुधबार० परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रुस र युक्रेन युद्धमा परी ७ जनाको मृत्यु भएको हो।
रुसी सेनामा कार्यरत कुन्दन सिंह नागल (राहदानी नं. ०९४७३६३२) को मृत्यु भएको उक्त मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गइसकेको छ।
रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपालका लागि रुसको राजदूतमार्फत पुनःअनुरोध गरिएको पनि विज्ञप्तिमा जनाएको छ।