मधेस प्रदेशले माग्यो स्वास्थ्य सेवाका १६० कर्मचारी (सूचनासहित)
काठमाडौं । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले विभिन्न पदमा १६० कर्मचारी माग गरेको छ। निर्देशनालयले सूचना जारी गर्दै स्वास्थ्य सेवाका छैटौँदेखि नवौँ तह (सर्जनदेखि नर्सिङ अधिकृत)सम्म करारमा भर्ना हुनेगरी १६० जना कर्मचारी माग गरेको हो।
नवौँ तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, ६ जना डेन्टल सर्जन, १० जना एमडिजिपी, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, १२ जना बाल रोग विशेषज्ञ, ९ जना स्त्री तथा प्रसूती रोग विशेषज्ञ, १० जना जनरल सर्जन, १० जना जनरल फिजिसियनसहितका कर्मचारी माग गरेको हो।
आठौं तहको लागि १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत मागिएको छ। त्यसैगरी निर्देशनालयले सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ भने छैटौं तहमा ६ जना अप्टोमेट्रिष्ट माग गरेको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २० गतेसम्म अनलाईनमार्फत् दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।