अपहरणमा परेकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार

काठमाडौं। काठमाडौँको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार गरिएको छ।

मंगलबार साँझ काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट ती बालिका हराएकी थिइन्।

उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको उपत्यका प्रहरीले जनाएको छ। अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन्। पीडित परिवारले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन्।

घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेका छन्।