१७ उपसचिवको सरुवा काे कहाँ पुगे (सूचीसहित)

काठमाडौं। आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ।

मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो।

आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन्। सल्यानको सिडिओमा मन्त्रालयमा कार्यरत शम्भु प्रसाद रेग्मीलाई पठाइएको छ।

सरुवामा विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको हेरफेर भएको छ। साथै अध्यागमन विभागका निर्देशकहरु पनि फेरिएका छन्।