क्रिकेटर लामिछानेको मुद्दामा जवाफी बहस सकियो, आजै फैसला आउने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज शुक्रबार नै फैसला आउने भएको छ।

जवाफी बहस सकिएर न्यायाधीशले फैसला लेख्न सुरु गरेका छन्। आज साँझ करिब ७ बजेतिर आदेश आउने बताइएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले साँझ ७ बजेसम्म बसेर आदेश लेख्ने जानकारी गराएका इजलासमा बसेकी अधिवक्ता मोहना अन्सारीले जानकारी दिइन्।