धनगढीमा माघ १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक (सूचनासहित)
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ। मङ्गलवार एक विज्ञप्ति जारी गर्दै सो उपमहानगरपालिकाले चुरोट, बिँडी, सिगार, तमाखु लगायतका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको जानकारी दिएको हो।
विज्ञप्तिमा उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन २०७७ को दफा ३० (१) र सोही ऐनको दफा ३० (२) बमोजिम सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन हुन सम्बन्धित पसलहरूलाई आग्रह गरिएको छ। सुर्तीजन्य पदार्थ विक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत बताइएको छ।