रामबहादुर बम्जनलाई थुनामा पठाउन आदेश

काठमाडौं। आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले थुनामा पठाउने आदेश दिएको छ।

बालयौन दुरुपयोग मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश विष्णु रेग्मीको इजलासले बयानपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मंगलबार साँझ हात्तीगौडास्थित निवासबाट पक्राउ गरेको हो।