स्वयम्भूबाट ६१ टन फोहोर संकलन

काठमाडौं। काठमाडौं महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइ कार्यक्रम अन्तर्गत स्वयम्भू क्षेत्रबाट ६१ टन फोहोर संकलन गरेको छ।

स्वयम्भू परिक्रमा मार्ग, सिँढी, जङ्गल र स्तुप क्षेत्रको सरसफाइबाट ६१ टन फोहोर संकलन भएको महानगरले जनाएको छ।

२१ मंसिरेदेखि सो क्षेत्रको सरसफाइका लागि १ सय जना जनशक्ति परिचालन गरिएको महानगरको भनाइ छ। सफाइका क्रममा प्लास्टिक, कपडा, बोतल, सिसा, रुखका पात लगायत संकलन भएको महानगरले जनाएको छ।