निःशुल्क विद्युत् वितरण गर्ने निर्णय भएको छैन, कपोकल्पित सूचनामा विश्वास नगर्नू: विद्युत् प्राधिकरण
नयाँ वर्षको अवसरमा प्राधिकरणले आफ्ना ग्राहकलाई सय युनिट विद्युत् निःशुल्क वितरण गरेको भन्ने भ्रम छर्ने काम सामाजिक सञ्जालमा भइरहेको भन्दै यसमा सत्यता नरहेको स्पष्ट पारेको हो ।
लोगो दुरुपयोग गरी त्यस्तो हल्ला गरिएको भन्दै कपोकल्पित सूचनामा विश्वास नगर्न प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको छ ।
प्राधिकरणबाट जारी गरिएको आधिकारिक सूचनाबाहेकको हकमा प्राधिकरण जिम्मेवार नहुने समेत सूचनामा भनिएको छ।