मानवअधिकार उल्लंघन गर्ने यी ३२ प्रहरीलाई कारबाही गर्न सिफारिस (नामावलीसहित)
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष ०७९/०८० मा मानवअधिकार उल्लंघनका घटनामा जोडिएका नेपाल प्रहरीका ३२ जनालाई कारबाही गर्न सिफारिस गरेको छ।
आयोगले यो आर्थिक वर्षमा सम्पादन भएका कामहरु सार्वजनिक गर्दै यस्तो सिफारिस गरेको हो। नेपाल प्रहरीतर्फ ३२ जनाले मानवअधिकार उल्लङ्घन गरेको भन्दै आयोगले उनीहरुको नाम सार्वजनिक गरेको छ।
प्रहरी उपरीक्षकहरु योगेश्वर रोमखामी, रामकुमार खनाल, नारायणकुमार आचार्य, उमाप्रसाद चर्तुवेदी रहेका छन्।
प्रनावउपरीक्षक तर्फ कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया,प्रनाउ टेकुनन्द इवा लिम्ब, हनुमान शाह रहेका छन् भने प्रहरी निरीक्षकतर्फ गोविन्दप्रसाद साह महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी र कमलप्रसाद गिरी रहेका छन्।
प्रहरी सहायक निरीक्षकतर्फ नवराज दाहाल, ऋषि खनाल, राजनप्रसाद नेपाल, खड्गबहादुर कार्की,दिनेश अधिकारी, महावीर राज धावे र बासुदेव चौधरी रहेका छन्।
यस्तै प्रहरी नायव निरीक्षकतर्फ रामकुमार यादव, श्याम राउत, धर्मेन्द्र कुमार सिंह, चक्र बस्नेत रहेका छन्।
प्रहरी हवल्दारतर्फ भुवनसिंह कार्की, युवराज बस्नेत, हर्कबहादुर थापा, केदार अधिकारी र दलबहादुर कार्की रहेका छन्। प्रहरी जवानतर्फ विनोद ठाकुर, टार्जन गुरुङ र निलम संग्रौला रहेका छन्।