बैंकहरू पनि मिटरब्याजी नै हुन्: अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बैंक पनि मिटरब्याजी नै भएको बताएका छन्। शुक्रवार एमाले निकट बैंक,बीमा तथा वित्तीय कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

अरुले कमाउन नसकिरहेका बेला बैंकले कसरी कमाइरहेको छ भनेर प्रश्न गरे।बैंकले कमाउने त्यो तरिका के हो? त्यसैले बैंक पनि मिटरब्याजी नै हो,अध्यक्ष ओलीले भने।

उनले तीनरतीन महिनामा ब्याज साउमा गाभेर रकम असुल्ने गरेकाले त्यो पनि मिटरब्याज नै भएको बताए। उनले ऋणीहरू मरेको मर्यै भएको बताए।

अध्यक्ष ओलीले बैंकको अलवा बीमा तथा अन्य वित्तीय क्षेत्रबारे थुप्रै प्रश्नहरू उठेको भन्दै यसबारेमा यथार्थ दृष्टिकोण आउनुपर्ने बताए।