सहकारी ठगी प्रकरण: पूर्वअध्यक्ष भरत महर्जन विरुद्ध रेड नोटिस जारी

काठमाडौं। ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यलय रहेको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ।

ठगीसम्बन्धी कसूरका फरार प्रतिवादी उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरेर पक्राउका लागि रेड नोटिस जारी  भएको बताइएको छ।

विगत केही वर्ष अगाडि देखिनै सहकारीको नाममा ठगी धन्दा चलाउँदै आएका महर्जन हाल ठगी धन्दाको कालो बादल बाट जोगिन बेलायत तिर भागेका बुझिन्छ। तर सहकारीका ठग महर्जन कहिले सम्म भागी रहन्छन् त्यो भने हेर्न बाँकीनै छ। हाम्रा विषेश सोर्तका अनुसार महर्जनलाई नेपाली काङ्ग्रेसका प्रभावशाली नेता बाटनै आशीर्वाद दिएको बुझिएको छ।

उनीविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अपराध अनुसन्धान विभागको ईन्टरपोल शाखालाई गत बिहीबार पत्राचार गरेको थियो। शुक्रबारका दिन ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको शाखाले जनाएको छ।

सहकारीको अर्बौं रकम हिनामिना गरेपछि फरार भएका उनीविरुद्ध बचतकर्ताहरुले सीआईबीमा उजुरी दिएका थिए। त्यस्तै, उनलाई ईन्टरपोलमार्फत पक्रेर नेपाल ल्याउन र निक्षेपकर्ताको लगानी सुरक्षित गराउन बाग्मती प्रदेशको सहकारी विभागले समेत सिआईबीलाई पत्राचार गरेको थियो।

महर्जनले हिनामिना गरिएको करोडौं रुपैयाँ लिएर लामो समयदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका छन्।स्मरणीय छ। भरत महर्जनले विगतमा धेरै युवाहरूलाई रोजगारीका नाममा ठगी गर्दै आएका थिए।