काठमाडौं महानगरपालिकाका वडा-वडामा अनुगमन समिति
काठमाडौं। काठमाडौं महानगरपालिकाका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन भएको छ।महानगरपालिकाको अनुगमन तथा मूल्यांकन कार्यविधि बमोजिम समिति गठन भएको हो।
परियोजना अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकन गर्ने संस्थागत तथा कानुनी प्रबन्ध आवश्यक भएकाले नगर कार्यपालिकाबाट कार्यविधि पारित गरिएको हो।
कार्यविधिमा महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्यांकन समिति व्यवस्था गरिएको छ । यस बमोजिम समिति गठन भएर क्रियाशील छ।
यो समितिमा प्रमुख प्रशासकीय अधिकृत, प्रमुखले तोकेको एक महिलासहित २ जना कार्यपालिका सदस्य, सार्वजनिक निर्माण विभागका प्रमुख र कानुन तथा मानव अधिकार विभागका प्रमुख सदस्य छन्। समितिको सदस्य सचिव योजना अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख छन्।