पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन
काठमाडौं। पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन भएको छ। सरकारले पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन गरेको हो।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तररीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोज्न समिति बनाएको हो।
मन्त्रालयले आइतबार गठन गरेको समितिको सदस्यमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल,मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी छन्।
गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छविकालदेखि नै विभिन्न दाताहरुले दान गरेको जग्गा पछिल्लो समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि समिति बनाइएको मन्त्रालयले जनाएको छ।