मुख्यमन्त्रीमा पनि आलोपालोको गर्ने तयारी
काठमाडौं। नयाँ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास,बालुवाटारमा अहिले माओवादी केन्द्र,नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक बसिरहेको छ।
त्यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेताहरुसँग छलफल गरेका थिए। छलफलमा सहभागी माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार नयाँ गठबन्धनमा आवद्ध दलहरुलाई समेटेर आजै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ।
राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि नयाँ सहमति खोज्ने भन्दै उनले अघि भने,प्रदेशका मुख्यमन्त्रीहरु आलोपालोको आधारमा अगाडि बढाउँछौं।
एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको छ। बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी छ।
उनका अनुसार नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई पनि समेटेर लैजान पहल गर्ने माओवादीको निर्णय छ।