पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं। नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ। नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो।
जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो। पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए। टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए। अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए। प्रतिश जि।सीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। गुलशन झा र आकाश चन्दले एकरएक विकेट लिए।
त्यसअघि मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनका थिए।
सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाएका थिए। टी-२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक थियो।
नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७।३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए। विनोद भण्डारी २२ बलमा २ चौका र एक छक्कासहित २७,रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए।
लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए। विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे। गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे।
पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १–१ विकेट लिए।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो। पपुवा न्युगिनीले केही समयपछि आज नै हङकङसँग नै खेल्दैछ। जसको विजेताले बुधबार नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।