कुवेतमा कारको ठक्करबाट ३ नेपालीको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। कुवेतमा सडक दुर्घटनामा परी तीनजना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइडमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीनजनाको ज्यान गएको हो।

दुर्घटनामा तीनजना नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दुतावासले पुष्टी गरेको छ। दुर्घटनामा ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक–५ आछामका सुरतबहादुर कठायत,सानो भर्याङ्ग,नागार्जून–२ काठमाडौंका सुजन कार्की र वेंगादवार–३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन्।

मृतकहरु एउटै कम्पनीमा कार्यरत रहेको बुझिएको छ। उनीहरु त्यहाँ रहेको पापाजोन कम्पनीमा कार्यरत थिए। कामबाट कोठामा फर्किन लागेका उनीहरु मंगलबार बिहान सडक छेउमा उभिरहेका बेला हुँकिएर आएको कारले ठक्कर दिएको थियो। उनीहरुको घटनास्थलमै मृत्यु भएको नेपाली दुतावासले जनाएको छ।

नेपाली दुतावास कुवेतका सुचना अधिकारी प्रेमराज गौतमले घटना भएको जानकारी पाएलगत्तै आवश्यक प्रक्रियाअगाडि बढाएको बताएका छन्। परिवार तथा कम्पनीसँग नियमित सम्पर्कमा रहेको र मृतकका शव नेपाल पठाउने तथा वीमाका लागि पहल भइरहेका उनले बताए।