सशस्त्र प्रहरीले ग-याे मध्यरातमा १६४ किलो गाँजा बरामद
काठमाडौं। सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १६४ किलो गाँजा मध्यरातमा बरामद गरेको छ। आज बिहान १ः३५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदीको किनाराबाट गाँजा बरामद गरेको हो।
५–६ जना व्यक्तिले डुंगाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको सुरक्षा बेस चतराले जनाएको छ।
रातको समय भएकोले डुंगा लिई ब्यक्तिहरु फरार भएको र उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चक्रघट्टीले जनाएको छ।