अहङ्कार हटाउन कार्यकर्तालाई ओलीको निर्देशन

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई अहङ्कार हटाउन र विनम्र बन्न निर्देशन दिएका छन्।

बुधबार एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तामा अहङ्कार बढेको आभास पाएको भन्दै अहङ्कार हटाएर विनम्रता हासिल गर्न निर्देशन दिएका हुन्।

अहङ्कार हटाउनुस्। विनम्रता हासिल गर्नुस्,अध्यक्ष ओलीले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हरेक दिनको तपाईँसँग नोट हुनुपर्छ कि आज मैले के गरेँ रु हरेक दिन के गर्दै हुनुहुन्छ योजना हुनुपर्छ। यति समयभित्र यी सदस्य र कमिटी बनाउँछु। योजनाबद्ध काम गर्नुभएन भने केही हुँदैन।

अध्यक्ष ओलीले कतिपय पार्टी कमिटीमा आफूले आलोपालो जस्ता कुरा सुनेको भन्दै त्यस्तो कुरा विचारहीन मान्छेले मात्रै गर्ने बताए।अहिले मेरो, मेरोपछि तपाईँको पालो,धारामा पानी थाप्ने र दसैँमा चिनी किन्न लाइनमा बसेको होर आलोपालो ? ओलीले प्रश्न गर्दै भने,नेतृत्व गर्ने कुरा योग्यता क्षमता,सक्रियता र बुझाइमा भर पर्छ।

अध्यक्ष ओलीले मानिस असफल हुँदै गएपछि फ्रस्टेसनमा जाने बताए। उनले भने, ‘एक जना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन्। मोहनविक्रम सिंह नाम हो उहाँको। अहिले उहाँ कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ बुढाको।

सिंह अहिले पनि कांग्रेस आएको भए आफ्नी श्रीमतीलाई राष्ट्रिय सभामा मनोनीत गर्थ्यो भनेर सम्झिँदै ग्वाग्वा रोहिरहेको बताए। त्यसरी पनि पतन हुँदो रहेछ मान्छे। निराश,हतोत्साही भएपछि मान्छे कहाँबाट के टिप्न पाइन्छ त्यतिभएपनि टिप्न पुग्छ,ओलीले एमाले अवसर छोप्ने पार्टी नभएको दाबी समेत गरे।