त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

चितवन। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना-५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो।

ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन्। उनीहरूको पहिचान भइसकेको छैन। ट्याक्सीमा कति जना सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी कुरिनटार सडकखण्डबाट त्रिशूली नदीमा खसेको छ। आज बिहान बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारबाट एक किलोमिटर कुरिनटारतर्फको सडकबाट ट्याक्सी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार ट्याक्सीमा पाँचजना सवार थिए। ट्याक्सीमा सवार अन्य ४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। मृतक पुरुष हुन्। उनको परिचय खुल्न सकेको छैन।

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको टोलीले घटनास्थलमा पुगेर ट्याक्सीमा सवार यात्रुहरूको खोजी थालेको छ।