संवैधानिक परिषदको बैठक बस्दै

फाइल तस्वीर

काठमाडौं। संवैधानिक परिषदको बैठक आज बस्दैछ। बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

आज बस्ने बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ। बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नेता,प्रधानन्यायाधीश,सभामुख,राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ।