संवैधानिक परिषद्को बैठक जारी
काठमाडौं। संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बसेको हो। बैठकमा महालेखा परीक्षक नियुक्तिका लागि छलफल हुँदैछ।
बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए।
प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ।