वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध १५ हजार रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम माग गरी लिएको पुष्टि भएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भए बमोजिम जरिवाना हुन मागदाबी लिइ विशेष अदालत काठमाडौंमा सोमबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ।