भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही हुन्छ : एसएसपी खत्री

काठमाडौं। काठमाडौंको भद्रकालीमा शनिबार प्रदर्शनको क्रममा एक जना लामा भिक्षुमाथि भएको दुर्व्यवहारको छानबिन हुने भएको छ।

भिड नियन्त्रणमा खटिएका प्रहरीले लामा भिक्षुलाई अपमानजनक ढंगले लात्ताले हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।

भद्रकालीको घटनाबारे छानबिन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए। खत्रीले भने सो घटनाबारे छानबिन हुन्छ। दाेषी देखिए अपमानजनक ढंगले दुर्व्यवहार गर्ने प्रहरी माथी कारबाही गरिने एसएसपी खत्रीले बताएका छन्।   

राजेन्द्र महतो,सुमन सायमी र रवीन्द्र श्रेष्ठले नेतृत्वको गरेको प्रदर्शनमा झडप हुँदा नगर प्रहरी कार्यालयमा कार्यरत जवान रामसिंह बोहरा घाइते भएका छन्।

उनको प्रहरी अस्पतालमा उपचार भइरहेको छ। प्रदर्शनमा तामाङ मुक्ति बाहिनीको ब्यानरमा लामा भिक्षुहरू पनि प्रदर्शनमा सहभागी थिए।

प्रदर्शनस्थलबाट १० जना पक्राउ परेका थिए। पक्राउ परेकाहरु विरुद्ध मुद्दा चलाइने एसएसपी खत्रीले जानकारी दिए।