२०८० सालमा सहकारी डुब्यो,०८१ मा बैंक त डुब्ने होइन ?

२०८० सालले धेरै सर्वसाधारण जनतालाई रुवायो र डुबायो। धेरेले आत्महत्या गरे वा गर्नुपर्ने अवस्थामा पुगे। कतिपय डिप्रेसनमा गए त कतिपयले मानसिक सन्तुलन नै गुमाए। सहकारीमा निक्षेप जम्मा गरेका करोडौं जनता रोए। घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेहरु पनि नराम्ररी डुबे।

त्यस्तै, व्यापारव्यवसाय गर्नेहरु पनि डुबेर पलायन भए । सहन सक्ने बाँचे अनि सहन नसक्नेहरुले आत्महत्या गरे। अब २०८१ सालले बैंक तथा वित्तिय संस्थाहरुले कति बचतकर्ताको रुवाबासी गराउने हो ? बैंकिङ क्षेत्र दिनप्रति दिन नाजुक अवस्थामा पुग्दै छ।

तर, बैंकहरु अहिले पनि यति नाफा कमायौं भनेर आम सर्वसाधारणलाई भ्रममा पारिरहेका छन्। जनताले बैंकमा बचत गरेको रकम पनि कर्मचारीहरुको मिलेमतोमा चोरी वा हिनामिना हुने गरेको पनि प्रमाणित भइसकेको छ। कहिले सासुको पालो त कहिले बुहारीको पालो भनिन्थ्यो।

२०८० सालमा सहकारीका बचतकर्ताहरु आफ्नो रकम डुबेर रोए त अब ०८१ सालमा बैंकका बचतकर्ताहरु रुनु पर्नेछ। अहिले अर्थविद्, विज्ञहरु ०८१ सालमा अर्थतन्त्र झन् नाजक अवस्थामा पुग्ने बताउँछन्। बजारमा घरजग्गा, गाडी र सेयरको किनबेच छैन।

व्यापारव्यवसाय ठप्प छ। पसल खोल्नु मात्र हो भनेर व्यापारीहरु नै भन्छन्। सटर भाडा तिर्न नसकेर अधिंकाश व्यपाारी तथा व्यवसायीहरु त पलायन नै भइसकेका छन्। घरजग्गा, गाडी र सेयरमा लगानी गरेका व्यक्ति र सहकारी त डुबिहाले। अब पालो बैंकको हो।

अब बैंकले यस क्षेत्रमा लगानी गरेको कर्जा कसरी उठाउँछ ? आफुले राखेको निक्षेप निकाल्न अहिले बैंकमा बचतकर्ताहरुको लाम लागिसकेको छ । बैंकर्स संघले जति सुकै पत्रकार सम्मेलन गरेर बैंकिङ्ग क्षेत्र ठिकठाक छ भनेपनि अब जनता विश्वास गर्ने छैनन्।

अहिले सार्वजनिक स्थल,चिया पसलहरुमा मानिसहरुले घरजग्गा, गाडी र सेयरको मूल्य झन् घट्ने बताइरहेको सुनिन्छ। सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरुजसरी नै बैंकका म्यानेजर र कर्मचारीहरुको पनि भाग्ने दिन सुरु भएको छ। सरकारले जग्गाको कित्ताकाट त फुकुवा गप्यो।

यद्यपि, न जग्गाको कारोबार बढ्यो न मूल्य नै। अहिले पनि घरजग्गा किन्ने कोही छैन। यता, सेयरमा लगाइएको १२ करोडको सीमा हटाइयो। अब चाँहि सेयरको मूल्य र कारोबार बढ्ने भयो भन्दै लगानीकर्ताहरुले खुशीयाली मनाए। विडम्बना, यत्रो गर्दा पनि न सेयरको मूल्य बढ्यो न कारोबार। उल्टो घट्दै गयो।

अहिले गाडीको किनबेचमा समेत गिरावट आएको छ। नयाँ होस् या पुरानो गाडी किन्ने कोही छैन। अनि कसरी बजार चलायमान हुन्छ ? कसरी घरजग्गा,गाडी र सेयरको मूल्य बढ्छ ? र, पहिलाकै लयमा फर्किन्छ ? तीन वर्षअघि ३२ सय कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री नहुने अवस्था आएको छ।

२५ लाख आनामा किनेको जग्गा आपत नै परेर त्यसको आधा मूल्यमा बेच्छुभन्दा समेत किन्ने मान्छे नभेटिएको सुनिन्छ । गाडीको पनि यस्तै हालत छ । २०–३० लाखमा किनेको सवारीसाधन अहिले लाखौंमा बिक्री हुन्न । होटल, रेस्टुरेन्ट, दोहोरी साँझ, पार्टी प्यालेन्सहरु बन्द हुनुपर्ने अवस्थामा पुगेका छन्।

भाटभटेनी, सुपरमार्केट, बिग मार्टहरु सुनसान छ। माछामासु र मदिराको खपत पनि निकै घट्दो छ । झन् लुगाा पसल त अधिंकाश बन्द नै भइसकेका छन्। सबैतिर मन्दी छाएको छ। मन्दीले बजार ने ढाकिसक्यो । बोराको बोरा चामल लैजानेहरु अहिले किलोमा किन्न थालेका छन्। काम गरेको ठाउँबाट वर्षैदेखि तलब दिइएको छैन।

बजारमा पाँच सय र हजारको नोट हाहाकार भइसक्यो। सर्वसाधारण वा ठुला व्यापारीहरुले पैसा लुकाइसकेका छन्। यातायात र मालपोत कार्यालयमा लेखनदास गर्ने तथा कानून व्यवसायीहरु सेवाग्राही आउन ठप्पै भएपछि घर भाडा समेत तिर्न नसकिरहेको बताउँछन्।

एक जना सेवाग्राही आएमा पाँच जना लेखनदास र कानून व्यवसायीहरु केही गर्नुपर्ने थियो कि भन्दै सोध्न पुग्छन्। अब यस्तो अवस्थामा कसले घरजग्गा, गाडी र सेयर किन्छ ? सेयर दलालीहरु डुबिसकेका छन्। त्यस्तै, घरजग्गा, गाडी दलालीहरुको पनि भागाभाग चलिरहेको छ।

फेरि घरजग्गा, गाडी र सेयरको किनबेच नहुनेबित्तिकै राज्य राजस्वविहीन हुन्छ। अब सरकारले कसरी कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता खुवाउँछ ? कसरी खर्च धान्छ ? र कसरी विदेशी ऋण तिर्छ ? बजार मन्दीमा गएपछि सर्वसाधारणले बैंक डुबेको थाहा पाएका हुन्।

त्यसैले, अब अर्थमन्त्री, प्रधानमन्त्री र राष्ट्र बैंकका गर्भृनरले जतिसुकै चिच्याएर वा कराएर बैंक डुबेको छैन भनेपछि जनता पत्याउने छैनन्। अहिले बैंकका सञ्चालकहरु सेयर बेच्न खोजिरहेका छन्।

अब सेयर बेचेर बाहिरिने उनीहरुको योजना छ। तर, सेयर किन्ने कोही छैन नि त। कतिपय प्राइभेट बैंकका कर्मचारीले त तीन महिनादेखि छ महिनासम्मको तलब नपाएको पनि सुनिएको छ। बैंक वा सहकारी सञ्चालन गर्न घर भाडामा दिएका घरधनीहरु पनि वर्षैदेखि भाडा नपाएको बताउँछन्।

दुई वर्षअघि सहकारी भाग्न थालेपछि राष्ट्रिय सहकारी महासंघले केही सहकारी मात्र समस्यामा परेका हुन्,अन्य सहकारी डुब्दैन, भाग्दैनन् भन्दै दैनिक पत्रकार सम्मेलन गप्यो। अहिले दर्तामा रहेका मुलुकभरका ३५ हजारभन्दा बढी सहकारीमा करोडौं बचतकर्ताको खर्बौ रकम डुबेको छ।

अब बैंकमा बचत गरेका बचतकर्ताहरुको पनि खर्बौ डुब्ने छ। अहिले भाटभटेनीका साहु मिनबहादुर गुरुङ, विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईजस्ता व्यक्ति तथा व्यापारीहरुले बैंकका ऋण लिएर साँबाब्याज केही पनि नतिर्दा पनि बैंक टाट पल्टिने अवस्थामा पुगेको बताइन्छ।

बालुवाटारस्थित ललिता निवासको जग्गा धितोमा राखेर बैंकहरुले अर्बौ कर्जा दिएका छन्। बासबारीस्थित छाला जुत्ता कारखानाको जग्गा धितो राखेर पनि बैंकहरुले करोडौं कर्जा दिएको सुनिन्छ। अहिले यी दुवै जग्गा सरकारको नाममा आइसकेको छ। यसले गर्दा ऋणीले ऋण नतिरे बैंकको अर्बौ रकम जोखिममा पर्ने छ।

सार्वजनिक स्थल, यातायात, चिया पसल, बाटोहरुमा मानिसहरु सहकारी त भाग्यो अब बैंक पनि टाट पल्टिने भो भनेर भनिसकेको सुनिन्छ। अहिले जताततै बैंक डुब्ने चर्चा छ। पहिलापहिला बैंकबाट कर्जा पाउन घुस खुवाउनु पथ्र्यो। दुई करोडको धितो राख्दा एक करोड दिइन्थ्यो।

त्यसमा पनि दश लाख घुस, दुई प्रतिशत सेवाशुल्क अहिले १६ प्रतिशत ब्याज भनेर ७५ प्रतिशतसम्म असुल्थ्यो। अर्कोतर्फ ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ९० लाखमा पचाउन्थ्यो। अहिले आम सर्वसाधारणले बैंक तथा वित्तिय संस्था चोर, ठग, दलाली हुन् भनेर थाहा पाए ।

यसैले, सर्वसाधारणले बैंकबाट ऋण लिन र बचत गर्न नै छोडेका छन्। जनताको नजरबाट बैंक तथा वित्तिय संस्था नराम्ररी नङग्रिएका छन् । र, अब जनताले विश्वास गर्ने छैनन्। जनता सबैभन्दा शक्तिशाली हुन्। जनताभन्दा ठुलो कोही छैन । प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनर समेत जनताको अगाडि कोही होइनन्।

अनि जनताबाटै बैंक, वित्तिय संस्था नङ्गिएपछि कसरी चल्छ यीनीहरु ? कसरी अर्थतन्क्र चलायमान हुन्छ ? प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरले बैंक डुबेको छैन भनेर जतिसुकै भनेपनि अब जनता भ्रममा पर्ने छैनन्। बैंकहरुले बचतकर्ताहरुलाई तीन–चार प्रतिशत ब्याज दिइन्थ्यो।

त्यो पनि तीन महिना, छ महिना र वर्ष दिनमा । तर, ऋणीबाट भने मासिक १८ देखि ७५ प्रतिशतसम्म असुल्थ्यो। एक दिन ढिलो भएमा पेनाल्टी हान्थ्यो। कतिपय बैंक, वित्तिय संस्थाले ऋणीले समयमै किस्ता तिर्दा पनि पेनाल्टी लिन्थ्यो र सेवाशुल्क पनि लिन्थ्यो।

अहिले बैंकहरुको ठगीधन्दाको पर्दाफास भइसकेको छ। त्यसैले, २०८१ सालमा धेरै बैंकहरु सहकारीजसरी नै भाग्नेछन्। बैंक डुब्नु र भाग्नुअघि नै बचतकर्ताहरु सचेत रहौं। आफ्नो रकमको आफैं सुरक्षा गरौं। किनकि डुबेपछि रुनु वा टाउकोमा हात लगाउनुभन्दा केही विकल्प छैन।