देशको वर्तमान संकटको समाधान गरि आमूल परिवर्तन गर्न दलाल संसदीय ब्यबस्थाको अन्त्य गरौं: नेता हरिकृष्ण गजुरेल

काठमाडौं। देशको वर्तमान संकटको समाधान गरि मुलुकलाई स्वाधीन,समृद्ध,विकसित एवं आमूल परिवर्तनको निम्ति दलाल संसदीय ब्यबस्थाको अन्त्य गरि जनताको राज्य ब्यबस्था स्थापनाको लागि संकल्प गर्नुपर्ने नेता हरिकृष्ण गजुरेलले बताएका छन्।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रभावशाली केन्द्रीय सचिवालय सदस्य समेत रहेका नेता गजुरेलले संसदीय व्यवस्थालाई अन्त्य गरि जनताको राज्य ब्यबस्था स्थापना गर्न सबैले संकल्प गर्नु पर्ने बेला आएकाे बताएका छन्।  

गजुरेलले दलाल संसदीय व्यवस्थाको अन्त्य र जनताको राज्य ब्यबस्था स्थापनाको लागि संकल्प गरेर अगाडी बढ्ने बेला आएको बताएका हुन।

संसदीय व्यवस्थाले गर्दा नेपाली जनताले दुख पाउने र नेताहरू मोटाउने काम मात्र भएको इंकित गर्दै जनताको राज्य ब्यबस्था स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

सत्ताको संरचना नै दलाल पुँजीवादी भएको बताउँदै नेता गजुरेलले पुँजीवादी प्रणाली जब सम्म अन्त्य हुँदै तब सम्म समृद्धि नहुने बताएका छन्। नेपालको वर्तमान राज्य व्यवस्थालाई रूपान्तरण गर्न आवश्यक देखिएको गजुरेलले भनेका छन्। 

देशमा रहेकाे बर्तमान संकटको समाधान गरेर मुलुकलाई स्वाधीन,समृद्ध,विकसित एवं आमूल परिवर्तन गर्नुपर्ने बेतला भएकाे नेता गजुरेलले फेसबुकमा स्टाट्स लेखेर साे कुराहरू बताएका छन्।