गौर हत्याकाण्डविरुद्धको मुद्दामा कारण देखाऊ आदेश
काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको हो। बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।
२०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए।
यसअघि यस मुद्दा तीनपटक हेर्न नभ्याइने, एकपटक बेन्च बस्न नभ्याइनेमा परेको थियो । आज भने कारण देखाऊ आदेश भएको हो।
२०६४ चैत २७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबिच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो। उक्त घटना ‘गौर हत्याकाण्ड’का रुपमा लिइएको छ।
उक्त हत्याकाण्डमा उपप्रधानन्त्री जसपा अध्यक्ष उपेन्द्र यादवको समेत संलग्न रहेको आरोप लाग्दै आएको छ।