आमालाई औषधि लिन हिँडेका पुरुषको बाटोमै मृत्यु
गुल्मी । गुल्मीमा आमालाई औषधि लिन स्वास्थ्य चौकी हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ।
गुल्मीको मालिका गाउँपालिका वडा १ रातामाटा निवासी ४७ वर्षका लालबहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए।
घटनाको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय गुल्मीले थप अनुसन्धान गरिहेको छ।