ललितपुरमा यसरी भयो कार दुर्घटना,चालक प्रहरी नियन्त्रणमा

काठमाडौं। ललितपुरको कोपुन्डोलमा कार दुर्घटना भएको छ। शनिबार बिहान साढे ५ बजेतिर बागमती प्रदेश ०२८ च ४२८९ नम्बरको कार कोपुन्डोलस्थित सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो।

प्रहरी प्रभाग कोपुन्डोलका अनुसार कारको ठक्करबाट बिजुलीको पोल भाँच्चिएको छ। जसका कारण त्यस क्षेत्रमा विद्युत् सेवा अवरूद्ध भएको छ।

प्रहरीका अनुसार चालकले मापसे र तीव्र गतिका कारण कार दुर्घटना भएको हो। दुर्घटनाबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ। कार चालक ललितपुरकै सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल रहेको प्रहरीले जनाएको छ। उनलाई प्रहरी प्रभाग कोपुन्डोलले नियन्त्रणमा लिएको छ।