मसाज सेन्टरमा प्रहरीको छापा, महिला र पुरुष आपत्तीजनक अवस्थामा फेला

कैलाली। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सञ्चालित मसाज सेन्टरहरु (स्पा)मा प्रहरीले छापा मारेको छ। वडा प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर जनक ढुंगानासहितको टोलीले शनिबार आठ वटा स्पामा छापा मारेको हो।

ती मध्ये धनगढी उपमहानगरपालिका-४ चौराहास्थित सुदूरपश्चिम स्पा नाम गरेको मसाज सेन्टरमा भने अनैतिक क्रियाकलाप गरेको भेटिएको थियो।

उक्त मसाज सेन्टरमा अनैतिक गतिविधि भएको थाहा भएपछि प्रहरीले सो स्पाका सञ्चालक र त्यहाँ कार्यरत ४ युवतीसहित ६ जनालाई पनि पक्राउ गरेको छ।

कैलाली प्रहरीका अनुसार सो स्पा सेन्टरमा छापा मार्दा शंकास्पद गतिविधीमा संलग्न चारजना महिला र एकजना पुरुषलाई आपत्तीजनक अवस्थामा भेटिएपछि सञ्चालकसहित ६ लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ।