राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालद्वारा राजीनामा
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा.चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ। नेपालले दिएको राजीनामा राष्ट्रपतिले आइतबार स्वीकृत गरेकाे कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए। यस विषयमा राष्ट्रपति स्वयंले बोलाएर उनीसँग सोधपुछ गरेका थिए
सो क्रममा उनले आफ्नो भनाइलाई गलत आशयका साथ प्रकाशन गरिएको भन्दै प्रष्टीकरण दिएका थिए। तर, नेपालको जवाफबाट राष्ट्रपति सन्तुष्ट हुन सकेका थिएनन्।
नेपालले एक अन्तर्वार्तामा भनेका थिए,सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ। भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो।